सिस्ने गाउँपालिकामा भएको ३ नं. वडा साविकको पोखरा गा. वि. स. का ४ वटा वडा अन्तर्गत पोखरा , पाङ्गा, वायधारा, राक्सी, उपल्लो पोखरा मिलेर बनेको छ । ३ नं. वडा सिस्ने गाउँपालिकादेखि पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा ३५३ घरधुरी रहेका छन् भने क्षेत्रफल ९.३८१ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार यस वडाबाट गाउँपालिकाको केन्द्रमा पुग्न २ घण्टा समय लाग्छ । पोखरा, पाङ्गा यस ३ नं. वडाका बजार क्षेत्रहरु हुन् । वायोधारा मन्दिर यस वडाका मुख्य पर्यटकिय स्थल हुन् । ३ नं. वडामा २ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये १ वटा आधारभुत बिद्यालय र १ उच्च मा. वि. रहेको छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा हेराम खड्का निर्वाचित हुनु भएको छ ।
Ward Contact Number:
९८६८३६०८९०