FAQs Complain Problems

वार्ड नम्बर - १

वडा नं. १: सिस्ने गाउँपालिकामा भएको  १ नं. वडा  साबिकको सिस्ने गा. वि. स. का ९ वटा वडा अन्तर्गत ठूलो सिस्ने, लाम्पाखा, ओख्रेना, पाखापानी, भट्टेचौर,  मिलेर बनेको छ । १ नं. वडा सिस्ने गाउँपालिका देखि उत्तर-पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ३७२ घरधुरी छन । यस वडामा जम्मा १८७७ जना जनसंख्या रह्रेको छ भने क्षेत्रफल १७५.९२२ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न १४ घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन १५ घण्टा  समय लाग्छ । १ नं. वडामा कुनै पनि बजार क्षेत्रहरू रहेका छैनन् । सिस्ने हिमाल, टेम्पल भिलेज यस वडाका मुख्य पर्यटकिय स्थल हुन । यस वडामा १ स्वास्थ्य चौकी र १ सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन् ।  । १ नं. वडामा ५ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ३ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा रज बहादुर बुढा निर्वाचित हुनु भएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६७८५३०६९